त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानले लिएको प्रवेश परीक्षा २०७४ मा उत्तिर्ण भई यस हिमालय कलेज अफ इन्जिनियरिङ्गमा विज्ञान तर्फ चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc. CSIT) विषयमा भर्ना भई अध्ययन गर्न चाहने विद्यार्थीहरुले तल उल्लेखित आवश्यक कागजात लिई अविलम्ब कलेज प्रशासनमा सम्पर्क गर्नुहोला ।
भर्ना हुँदा अनिवार्य रुपमा पेश गर्नुपर्ने कागजातहरुः
- नेपाली नागरिकताको प्रमाणित प्रमाणपत्रको फोटोकपि १ प्रति ।
- SLC परीक्षाको मार्कशिट र प्रमाणपत्रको फोटोकपी १ /१ प्रति ।
- I.Sc. वा 10 +2 तहको ट्रान्सक्रिप्ट र प्रमाणपत्रको फोटोकपी १ /१ प्रति ।
साथै सार्वजनिक बिदाको दिनमा पनि कलेज प्रशासन खुल्ला रहने छ ।
भर्ना समिति–२०७४
हिमालय कलेज अफ इन्जिनियरिङ्ग